बैंकले घटाए ब्याज

हिमाल प्रेस ३२ जेठ २०८१ १५:२८
58
SHARES
बैंकले घटाए ब्याज

काठमाडौँ- वाणिज्य बैंकहरूले असार महिनाका लागि ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरूले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन्। व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम गरिएको छ।

जेठमा वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत घटाएका थिए। असारमा बैंकहरूको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशत विन्दुले घटेको छ। संस्थागत मुद्दती निक्षेपतर्फ पनि बैंकहरूको औसत ब्याजदर ०.१४ प्रतिशतले घटेर ५.६५ प्रतिशत पुगेको छ। जेठमा संस्थागततर्फ बैंकहरूको औसत ब्याजदर ५.७९ प्रतिशतमा थियो।

असारमा ११ वटा बैंकले ब्याजदर घटाएका छन् भने ३ वटा बैंकले मात्रै ब्याजदर बढाएका छन्।

नेपाल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले  ब्याजदर स्थिर राखेका छन्। यी बैंकले व्याजदर ७ प्रतिशतमाथि कायम गरेका छन्।

कुनकुन बैंकले कति घटाए ब्याज?

एनआईसी एसिया बैंकले असारका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.८०० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.८०० प्रतिशत ब्याजदर प्रदान गरेको थियो।

कुमारी बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। बैंकको जेठमा व्यक्तिगत र संस्थागत मुद्दतीतर्फ क्रमशः ७.०६ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर थियो।

एभरेस्ट बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर पुर्‍याएको छ। यस बैंकमा पनि जेठमा व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.५० प्रतिशत अधिकतम ब्याजदर थियो।

एनएमबी बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको कायम गरेको छ। जेठमा यस बैंकको बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.८० प्रतिशत र संस्थागततर्फ ६.८० प्रतिशत ब्याजदर तोकेको थियो।

सिटिजन्स इन्टरनेसनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर तोकेको छ। यो बैंकको जेठमा व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो।

सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.८ प्रतिशत र संस्थागततर्फ ५.८ प्रतिशत ब्याजदर कायम गरेको छ। यस बैंकको जेठमा ६.९ र ५.९ प्रतिशत कायम गरेको थियो।

प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जेठमा यस बैंकको व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षेपमा क्रमशः अधिकतम ७ र ६ प्रतिशत ब्याजदर थियो।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ। जेठमा यस बैंकको व्यक्तिगततर्फ अधिकतम ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर थियो।

ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर कायम गरेको छ। जेठमा यस बैंकको व्यक्तिगततर्फ अधिकतम ७.५ र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर दिएको थियो।

राष्ट्रिय वाणिज्य बैंकले पनि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको छ। जेठमा यस बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर थियो।

हिमालयन र नबिल बैंकले  ब्याजदर बढाएका छन्। दुवै बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ८.२५ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।

प्रकाशित: ३२ जेठ २०८१ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast