ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते

हिमाल प्रेस ३२ जेठ २०८१ ७:०२
42
SHARES
ताप्लेजुङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्य, दुई घाइते प्रतिनिधिमूलक तस्बिर

ताप्लेजुङ- फक्ताङलुङ गाउँपालिका-२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

फक्ताङलुङ गाउँपालिका-२ का वडा अध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका-२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उनकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गंगा र जमुनाको मृत्यु भएको हो।

यसैगरी ४० वर्षीय युगेन लिम्बू र उनकी तीन वर्षीय छोरी घाइते भएका छन्। गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा छ वटा पुल बगाएको छ।

पुल बगेपछि यातायातका साधन सञ्चालनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित: ३२ जेठ २०८१ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =