ताप्लेजुङको सिवासा खोलामा बाढी, बगायो काठे पुल (भिडियोसहित)

हिमाल प्रेस ३१ जेठ २०८१ १३:३१ | Thursday, June 13, 2024
ताप्लेजुङको सिवासा खोलामा बाढी, बगायो काठे पुल (भिडियोसहित)

काठमाडौँ- गएरातिदेखिको अविरल वर्षापछि आएको बाढीले ताप्लेजुङमा काठेपुल बगाएको छ। जिल्लाको फाक्तालुङ गाउँपालिका-५स्थित सिवासा खोलामा आएको लेदो/गेग्रानसहित आएको बाढीले काठे पुल बगाएको हो।

उक्त पुल हुँदै स्थानीयहरू आवतजावतसँगै हलुका सवारी साधान चल्थे। वडाअध्यक्ष देउप्रसाद लिम्बूका अनुसार लेदोसहितको बाढीले काठेपुल बगाएको बताए। ‘बाढीका कारण अहिलेसम्म कुनै नराम्रो खबर सुन्नुपरेको छैन,’उनले हिमालप्रेससँग भने, ‘यही लेदो तलगएर तमोर पनि केहीबेर थुनिएको थियो। अहिले नदी खुलिसकेको छ।’

प्रकाशित: ३१ जेठ २०८१ १३:३१ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast