कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासबाट आज सुनुवाइ हुँदै

हिमाल प्रेस ३१ जेठ २०८१ ११:५५ | Thursday, June 13, 2024
कोशी सरकारविरुद्धको रिट पूर्ण इजलासबाट आज सुनुवाइ हुँदै

काठमाडौँ- कोशी प्रदेश सरकारविरुद्धको रिट सर्वोच्च अदालतमा आज पूर्ण इजलासबाट सुनुवाइ हुँदैछ।

यो रिट न्यायधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अव्दुल अजिज मुसलमानको पूर्ण इजलासमा परेको हो।

कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङ र मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट दायर गरेका थिए।

केदार मुख्यमन्त्री बहाल रहँदा नै हिक्मत मुख्यमन्त्री बनेका थिए। संविधानतस् ३० दिनभित्र विश्वासको मत नलिएको भन्दै केदारलाई विस्थापित गर्दै हिक्मत मुख्यमन्त्री बनेका थिए। यही कारण केदार सर्वोच्च पुगेका थिए।

प्रकाशित: ३१ जेठ २०८१ ११:५५ | Thursday, June 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast