काठमाडौँमा शुक्रबारदेखि पर्यटन मेला, १६ देशका पर्यटन व्यवसायी आउने

हिमाल प्रेस ३० जेठ २०८१ ९:१८ | Wednesday, June 12, 2024
काठमाडौँमा शुक्रबारदेखि पर्यटन मेला, १६ देशका पर्यटन व्यवसायी आउने

काठमाडौँ- अन्तर्राष्ट्रियस्तरमा देशको पर्यटन प्रवर्द्धन गर्न आउँदो शुक्रबारदेखि यहाँ १६ देशका पर्यटन व्यवसायीको सहभागितामा अन्तर्राष्ट्रिय पर्यटन मेला हुँदैछ।

‘समिट इभेन्ट एण्ड मार्केट’को आयोजनामा हुन लागेको मेलामा १६ देशका एक सय ५० भन्दा बढी व्यवसायीका ‘स्टल’ रहने उक्त संस्थाका सन्चालक विष्णु पाण्डेले बताए।

‘मेलाको माध्यमबाट मुलुकको दिगो पर्यटन विकास र संस्कृति आदानप्रदानमा सहयोग पुग्ने विश्वास हामीले लिएका छौँ’, उनले भने।

मेलामा नेपालसहित भारत, कोरिया, ताइवान, सिंगापुर, माल्दिभ्स, अमेरिका, नेदरल्यान्ड्स, श्रीलंका, चीन, थाइल्याण्ड, दुबई, बंगलादेश, भियतनाम, मलेसिया, भुटान सहभागी हुनेछन्।

यसैगरी मेलामा सातवटै प्रदेशका स्टल पनि राखिने छ। स्थानीय भृकुटीमण्डपमा आयोजना हुने मेलामा नेपाल पर्यटन बोर्ड र काठमाडौँ महानगरपालिकाले सहयोग गरेका सन्चालन पाण्डेले बताए।

प्रकाशित: ३० जेठ २०८१ ९:१८ | Wednesday, June 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast