सुनको भाउ आज पनि स्थिर

हिमाल प्रेस २९ जेठ २०८१ ११:५१ | Tuesday, June 11, 2024
सुनको भाउ आज पनि स्थिर

काठमाडौँ- नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४१ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि सोमबार पनि सुनको सोही मूल्यमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य भने घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर १८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रकाशित: २९ जेठ २०८१ ११:५१ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast