छायांकनमा ‘अस्ट्रेलियन दुल्हा’

हिमाल प्रेस २९ जेठ २०८१ ११:०९ | Tuesday, June 11, 2024
छायांकनमा ‘अस्ट्रेलियन दुल्हा’

काठमाडौँ- फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ मुहूर्तसहित छायांकन सुरु भएको छ। पूर्वी चितवनस्थित रत्ननगरको हरिहर मन्दिरमा शुभ मुहूर्तसँगै छायांकन सुरू गरिएको हो।

करिब २५ दिन छायांकन सेड्युल रहेको फिल्म चितवनका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिनेछ। रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको फिल्म रवि कोइरालाले छायांकन गरिरहेका छन्।

फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहनेछ।

नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथामा आधारित हुने निर्माण टिमले जनाएको छ। करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रा.ली.को ब्यानरमा निर्माण हुन लागेको फिल्मका प्रस्तुतकर्ता कृष्णराज अर्याल हुन।

फिल्ममा करण साउदको मुख्य सहायक निर्देशन, राजन मोक्तानको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ। फिल्म आगामी तिहारमा प्रदर्शन गरिने हुने निर्माण टिमले जनाएको छ।

प्रकाशित: २९ जेठ २०८१ ११:०९ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast