वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक

हिमाल प्रेस २९ जेठ २०८१ ८:३१ | Tuesday, June 11, 2024
वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक

काठमाडौँ- वेब सिरिज ‘साहु बा’को टिजर सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो वेव सिरिजको टिजर सार्वजनिक गरिएको हो।

चाँडै एपी वान टेलिभिजन र म्यजिक नेपालद्वारा सन्चालित ओटिटी प्लेटफर्म ‘मोःमो म्युजिक एण्ड मूभिज’ एपमा रिलिज हुनेछ।

यो सिरिजमा अभिनेत्री प्रियंका कार्की, कविता नेपाली, विजु पार्की, नम्रता श्रेष्ठ, छुल्ठिम गुरुङ, अमितेश शाह, अमित गिरी, सरिता गिरी, सुजय योङ, रमेश अधिकारी, प्रदीप बास्तोला लगायतका कलाकारको अभिनय रहेको छ।

यो सिरिज नेपालमा नै पहिलो पटक मंहगो बजेटमा निर्माण गरिएको हो । अभिनेत्री प्रियंका कार्कीले सिरिजको लागि आफूले तीन वर्षभन्दखा बढि समय दिएको बताउँछिन्।

फ्रेम इन मोसन र म्युजिक नेपालको प्रस्तुतिमा निर्माण भएको सिरिजलाई अभिनेता आयुष्मान देशराज जोशीले संगम राई र अनिस तामाङसँग मिलेर खिचेका हुन्।

२४ एपिसोड निर्माण गरिएको सिरिजमा तीन सय ५० बढी कलाकारले काम गरेको निर्माण टिमले जानकारी दिएको छ । त्यसका साथै हरेक एपिसोड १ घण्टा लामो रहेको बताए । नेपालमा ठुलो बजेटमा पूर्ण रुपमा पहिलो पटक वेब सिरिज निर्माण गरिएको निर्माण कम्पनीले जानकारी दिएको छ ।

यो वेब सिरिजलाई नेपाल तथा भारतमा समेत चर्चित सुजय योङले निर्देशन गरेका हुन्।

 

प्रकाशित: २९ जेठ २०८१ ८:३१ | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast