१० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स

हिमाल प्रेस २८ जेठ २०८१ १७:५८ | Monday, June 10, 2024
१० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स

काठमाडौँ– चालु आर्थिक वर्षको १० महिनामा १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। चैतसम्म १० खर्ब ८२ अर्ब ६२ करोड रहेको रेमिट्यान्स वैशाखमा १ खर्ब १६ अर्बले बढेको २०८० साउन- २०८१ वैशाखसम्मको देशको वर्तमान आर्थिक स्थितिसम्बन्धी नेपाल राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ।

१० महिनामा रेमिट्यान्स १९‍.२ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक रोजागरीमा जाने युवाको संख्या उच्च हुँदा पछिल्लो दुई वर्षयता रेमिट्यान्स बढिरहेको छ। समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ३ लाख ७४ हजार ८८७ छ।

सो अवधिमा पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ३७ हजार ८९३ छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ४ लाख २१ हजार २७९ र २ लाख ३८ हजार ९७६ थियो।

प्रकाशित: २८ जेठ २०८१ १७:५८ | Monday, June 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast