‘नेपाल-भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको सुरुवात हुनेछ’

हिमाल प्रेस २७ जेठ २०८१ १४:५५
10
SHARES
‘नेपाल-भारत सम्बन्धले विकास र समृद्धिमा नयाँ युगको सुरुवात हुनेछ’ उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ। फाइल तस्बिर।

काठमाडौं- उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालले विविधतालाई अंगालेर पिछडिएका समूहहरूलाई सशक्त बनाउने काम गरिरहेको बताएका छन्।आइताबार काठमाडौंमा भएको वर्तमान वैश्विक परिदृश्यमा ज्ञान परम्परा नेपाल—भारतको सांस्कृतिक सन्दर्भ विषयक दुईदिवसीय संगोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल–भारत सम्बन्ध साझा समृद्धि झल्काउन व्यापार, कनेक्टिभिटी, पर्यटन र अन्य सकारात्मक सम्बन्धका विषयमा केन्द्रित हुनुपर्ने बताए। उनले दुई देशबीचको सम्बन्धले विकास, समृद्धि र सामाजिक परिवर्तनको नयाँ युगको सुरुवात हुने विश्वास व्यक्त गरे। उनले सामाजिक परिवर्तन एक निरन्तर प्रक्रिया भएको बताउँदै राम्रो समाजको लागि निरन्तर प्रयास हुनुपर्ने बताए।

उनले समावेशीता, धर्मनिरपेक्षता, सङ्घीयता, लैङ्गिक समानता, शिक्षामा पहुँच लगायतका सिद्धान्तहरूले नेपाली समाजलाई जीवन्त बनाइरहेको बताए। सामाजिक परिवर्तन बुझ्नको लागि सामाजिक संरचना र संस्थाहरूको जाँच पनि आवश्यक हुने बताए। उनले नेपालको आर्थिक र राजनीतिक अल्पविकसित अवस्थाबाट उच्च आर्थिक वृद्धिको मार्ग, आर्थिक विकास र समृद्धि र विकास लक्ष्यहरूको परिपूर्ति गर्ने उद्देश्यले स्थिर राजनीतिक प्रणाली आवश्यक रहेको बताए।

उपप्रधानमन्त्री श्रेष्ठले नेपाल सन् २०२६ सम्ममा एलडीसीको स्थितिबाट उत्तीर्ण हुने, एसडीसीलगायत अन्तर्राष्ट्रिय मान्यताप्राप्त विकास लक्ष्यहरू हासिल गर्नका साथै ग्लोवल वार्मिङ र जलवायु परिवर्तनसँग जुध्न प्रतिवद्ध रहेको बताए।

प्रकाशित: २७ जेठ २०८१ १४:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − fourteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast