मोदीको शपथ ग्रहणमा जाँदै प्रधानमन्त्री प्रचण्ड

हिमाल प्रेस २७ जेठ २०८१ ६:५९
2
SHARE
मोदीको शपथ ग्रहणमा जाँदै प्रधानमन्त्री प्रचण्ड प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आइतबार नयाँदिल्ली जाने भएका छन्।

प्रधानमन्त्री मोदीको नयाँदिल्लीमा आइतबार हुने शपथग्रहण समारोहमा सहभागी हुन प्रचण्ड त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए।

प्रधानमन्त्री दाहालका साथमा उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहनेछन्। प्रचण्ड यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ।

को को सहभागी हुन्छन् शपथग्रहणमा?

भारतले प्रधानमन्त्री दाहाल, बंगलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मिज्जुलाई बोलाएको छ।

बंगलादेशकी प्रधानमन्त्री हसिना हिजै दिल्ली पुगेकी छन्। मोरिससका प्रधानमन्त्री प्रविन्द कुमार जगन्नाथ र सेसेल्सका उपराष्ट्रपति अहम्मद अफिफ पनि शपथग्रहणमा सहभागी हुनेछन् । सेसेल्सका उपराष्ट्रपति अफिफ पनि शनिबारै दिल्ली पुगेका छन्।

प्रकाशित: २७ जेठ २०८१ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast