काठमाडौँ- राप्रपाका प्रवक्ता सगुन सुन्दर लावतीले सरकार निर्माणका काम गर्न भारतबाट सिक्नुपर्ने बताएका छन्। उनले नेपालमा सरकार गठनको सबै जिम्मा एउटा नेतालाई दिने गरेको केन्द्रीकृत अभ्यास रहेको जनाएका छन्।
उनले सामाजिक सञ्जालमार्फत भारतमा आमनिर्वाचन सकिँदा समेत कुन दल वा नेतालााई सरकार गठनको अधिकार दिएको समाचारमा नआएको उल्लेख गरेका छन्।
भारतमा संस्थागत रुपमा अधिकारको प्रयोग हुने गरे पनि नेपालमा व्यक्ति आफैँले यो काम गर्ने गरेको उनको भनाइ छ।
प्रकाशित: २६ जेठ २०८१ ७:१६
प्रतिक्रिया