विश्वप्रकाश शर्मा पनि सन्दीप लामिछानेको पक्षमा

हिमाल प्रेस २४ जेठ २०८१ १२:२७
36
SHARES
विश्वप्रकाश शर्मा पनि सन्दीप लामिछानेको पक्षमा विश्वप्रकाश शर्मा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले क्रिकेटर सन्दीप लामिछाने टी-२० विश्वकप खेल्न जान भिसा नपाएको विषयलाई राज्यले गम्भीर ढंगले लिनुपर्ने बताएका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै शर्माले अदालतले निर्दोष सावित गरेपछि यतिबेला लामिछाने विश्वकपको मैदानमा खेलिरहेको हुनुपर्ने बताएका हुन्।

‘हिजो आरोप लागिरहेको बेला शीरमा मुद्दा बोकेर मैदानमा उत्रन हुँदैन भनेर हामी कयौले भन्यौँ। तर, सम्मानित अदालतले निर्दोष सावित गरिसकेपछि यसबेलामा सन्दीप लामिछानेको मैदानमा हाम्रो प्रतिनिधित्व गरेर खेलिरहेको अवस्था हुनुपर्थ्यो’ उनले भने।

सन्दीप भिसाको प्रक्रिया र त्यसबारेको पहलकदमीमा सरकार कहाँ चुके हो? भन्दै सरकारसँग जवाफ मागे। ‘आफ्नो खेलाडीको बारेमा अदालतको फैसला सुशुचित गरेर भिसाका लागि वातावरण बनाउन सरकारले उचित पहल हुनुपर्थ्यो,’ उनले भने, ‘यसमा कमजोरी कहाँ रह्यो, खेलकुदमन्त्री, परराष्ट्रमन्त्री र समग्र सरकारको ध्यानाकर्षण गराउनुपर्थ्यो।’

उता राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले पनि संसद्‌मा निरन्तर सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट खेलाउन पठाउन सरकारले आवश्यक पहल नगरेको र सरकारको कूटनीति फेल खाएको भन्दै गम्भीर प्रश्न उठाउँदै आइरहेका छन्।

उनले बुधबारको संसद् बैठकमा लामिछोलाई भिषा नदिनु सन्दीप र नेपालीको मात्र नभएर सिंगो देशको अपमान गरेको बताएका थिए।

‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन। आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ। परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले भनेका थिए।

प्रकाशित: २४ जेठ २०८१ १२:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast