काठमाडौँ– नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर शिक्षण पैसामा लागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
महोत्तरीको बलवा नगरपालिका–६ धमौरास्थित राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक अशोककुमार साह र दाङको श्री प्राथमिक विद्यालयका शिक्षक भीमकुमार डीसीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो। साहले विहारको एक विश्वविद्यालयबाट उत्तरमध्यमा उत्तीर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र देखाएर २०६९ सालमा राहत शिक्षकका रूपमा शिक्षण पेसामा लागेको अभियोगपत्रमा उल्लेख छ।
डीसीले पनि भारतकै उत्तर प्रदेशको माध्यमिक शिक्षा परिषद्ंबाट जारी भएको नक्कली शैक्षिक योग्यताको प्रमणपत्र पेस गरेर २०५० सालमा स्थायी शिक्षकको नियुक्ति लिएको आयोगले जनाएको छ। दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐनअनुसार कारबाही माग गरिएको छ।