सिंहदरबारमा प्रचण्ड र ओलीबीच के हुँदैछ कुराकानी?

हिमाल प्रेस २० जेठ २०८१ १६:२०
48
SHARES
सिंहदरबारमा प्रचण्ड र ओलीबीच के हुँदैछ कुराकानी? फाइल तस्बिर।

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ। आइतबार दिउँसो प्रधानमन्त्रीसँग छलफलका लागि ओली सिंहदरबार पुगेका हुन्। भेटमा समसामयिक राजनीति र बजेटबारे छलफल भएको बुझिएको छ।

बजेटबारे ओलीले सार्वजनिक रूपमा असन्तुष्टि जनाएको भोलिपल्टै यो संवाद भएको हो। छलफलमा विशेषगरी आजबाट सुरु भएको बजेटमाथिको छलफल, मधेz सरकार लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ।

प्रधानमन्त्री प्रचण्डले आजै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग पनि भेट गरेका थिए।

प्रकाशित: २० जेठ २०८१ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast