सन्दीप लामिछानेलाई अमेरिकाले भिषा नदिनु सिंगो नेपालकै अपमान : ज्ञानेन्द्र शाही

हिमाल प्रेस २० जेठ २०८१ १३:००
सन्दीप लामिछानेलाई अमेरिकाले भिषा नदिनु सिंगो नेपालकै अपमान : ज्ञानेन्द्र शाही प्रतिनिधिसभा बैठकमा आफ्ना कुरा राख्दै राप्रपा सांसद ज्ञानेन्द्र शाही

काठमाडौँ- राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले पन्चशीलको सिद्धान्तविपरीत अमेरिकाले नेपाली खेलाडीलाई भिषा नदिएको बताए।

उनले क्रिकेटर सन्दीप लामिछानेको कुरा उठाउँदै भिषा नदिनु पन्चशीलविरुद्ध भएको बताए। उनले लामिछोलाई भिषा नदिनु सन्दीप र नेपालीको मात्र नभएर सिंगो देशको अपमान गरेको उल्लेख गरे।

‘जुन देशले विश्वकप आयोजना गर्छ त्यही देशले हाम्रो खेलाडीलाई अगाडि जान दिँदैन। आज हामीले के का आधारमा परराष्ट्र नीति बनाएका छौँ। परराष्ट्र नीति पञ्चशीलका आधारमा बनाएको हो की पार्टीको कार्यकर्ताको मेनोफेस्टोको आधारमा’, उनले भने।

प्रकाशित: २० जेठ २०८१ १३:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast