काठमाडौँ र ललितपुरका यी स्थानमा विद्युत् अवरुद्ध हुने

हिमाल प्रेस १९ जेठ २०८१ ९:१३
26
SHARES
काठमाडौँ र ललितपुरका यी स्थानमा विद्युत् अवरुद्ध हुने फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ र ललितपुरका विभिन्न स्थानहरूमा आज पाँचदेखि ९ घन्टासम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ।

विद्युत् प्राधिकरणले काठमाडौँको बलम्बु सहायक वितरण केन्द्रको मातातिर्थ फिडर र ललितपुरमा पुल्चोक वितरण केन्द्रको पाटन पुल्चोक फिडर अन्तर्गतका वितरण गरिएका स्थानहरूमा बिजुली आज बिजुली काटिने जानकारी दिएको छ।

मर्मत तथा कन्डक्टर अपग्रेडका गर्न लागिएकाले ती फिडर अन्तर्गतका क्षेत्रहरूमा विद्युत अवरुद्ध हुने प्राधिकरणले जनाएको छ।

मातातीर्थ फिडर अन्तर्गत पर्ने दाउरा डिपो, महादेवस्थान, चेकपोष्ट, आयल निगम, गोदाम, थानकोट, त्रिभुवन पार्क, खरिबोट, नागढुंगा, पिपलामोड, बसुन्डोल, इन्द्रथान, टोटीटोल, सिरानचौर, महेश फाट, कुखुरेचौर र झाँगाझिँटीमा बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत लाइन अवरुद्ध हुनेछ।

प्राधिकरणका अनुसार ललितपुरको पाटनपुल्चोक फिडर अन्तर्गत पर्ने भनीमण्डल, एकान्तकुना, लामाचौर, समिट होटल, बखुनडोल, मन्त्री क्वाटर, झम्सिखेल, अरूण थापा चोक क्षेत्रमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

निर्धारित समयअगावै काम सकिए विद्युत सेवा अगाडि नै सुरु हुने प्राधिकरणले जनाएको छ।

प्रकाशित: १९ जेठ २०८१ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =