दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न धमाधम काम

हिमाल प्रेस १८ जेठ २०८१ १२:२९ | Friday, May 31, 2024
दैलेखमा पेट्रोलियम पदार्थ उत्खनन गर्न धमाधम काम

दैलेख- दैलेखको जिल्लाको भैरवी गाउँपालिका-१, जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौँ कामदार एवं प्राविधिक जुटेका छन्। उत्खननका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ।

ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताए।

कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागू गरेर काम भइरहेको जानकारी दिँदै उनले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताए।

चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो। रासस

प्रकाशित: १८ जेठ २०८१ १२:२९ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast