सदनमा विचाराधीन विधेयकहरू बजेट अधिवेशनबाटै अघि बढ्छन् : सभामुख घिमिरे

हिमाल प्रेस १८ जेठ २०८१ ६:५८ | Friday, May 31, 2024
सदनमा विचाराधीन विधेयकहरू बजेट अधिवेशनबाटै अघि बढ्छन् : सभामुख घिमिरे सभामुख देवराज घिमिरे। फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले बजेट अधिवेशनमा पनि सदनमा विचाराधीन विधेयक अघि बढाउने बताएका छन्।

गणतन्त्र दिवस–२०८१ का अवसरमा राष्ट्रिय समाचार समितिले आयोजना गरेको ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको अवलोकनपछि सभामुख घिमिरेले बजेट अधिवेशनमा बजेट पारित गर्ने मात्र नभएर विचाराधीन विधेयकलाई समेत अघि बढाउने बताएका हुन्।

‘बजेट अधिवेशन सञ्चालन भइरहेको छ, यो अधिवेशनमा विचाराधीन विधेयक पनि अघि बढाउनुपर्नेछ, विस्तारै सांसदलाई दायित्वबोध भएको मैले महसुस गरेको छु’,उनले भने।

सदनमा विद्यालय शिक्षा विधेयक, निजामती कर्मचारी विधेयकलगायत विधेयकहरू विचाराधीन छन्।

प्रकाशित: १८ जेठ २०८१ ६:५८ | Friday, May 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast