‘दान्भी’को ट्रेलरमा लेडी टाइगरकाे भूमिकामा पूजा

हिमाल प्रेस १७ जेठ २०८१ १६:३२ | Thursday, May 30, 2024
‘दान्भी’को ट्रेलरमा लेडी टाइगरकाे भूमिकामा पूजा

काठमाडौँ- फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक भएको छ। प्रेम र एक्सनले भरिएको  दुई मिनेट ४० सेकेन्डको  ट्रेलरमा बदलाको कथा छ।अभिनत्री पूजा शर्मालाई ‘लेडी टाइगर’को रुपमा चित्रण गरिएको छ।

रोमान्टिक फिल्ममा देखिँदै आएकी अभिनेत्री शर्माको यो पहिलो एक्सन फिल्म हो। उनी डेब्यू कलाकार कुन्साङ बोमजन जोडी बनेकी छन्।

फिल्ममा अन्य कलाकार किरण श्रेष्ठ, विशाल पहाडी, राजाराम पौडेललगायत छन्। रुपेश तामाङको निर्देशन रहेको फिल्ममा सन्जोग कुवँर रानाको पटकथा तथा संवाद र रविना थापा मगरको कथा छ।

नेपाल र भारतका विभिन्न स्थानमा छायांकन गरिएको फिल्म हरि घलेको छायांकन, निर्देशन श्री श्रेष्ठको द्वन्द्व निर्देशन, बन्दे प्रसादको सम्पादनमा बनेको छ।

फिल्ममा अर्जुन पोखरेल, नरेश जोगी र केदारराज नेपालीको संगीत, कविराज गहतराज र राहुल बराइलीको कोरियोग्राफी छ।

देव मगर र अनुप गडाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन्। सह–निर्मातामा कमला लिम्बू, पन्चबहादुर तामाङ र आदर्श पौडेल छन्।

प्रकाशित: १७ जेठ २०८१ १६:३२ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast