सामाजिक सन्जालमा दुरुपयोग बढ्यो : मीन विश्वकर्मा

हिमाल प्रेस १६ जेठ २०८१ ७:४३
10
SHARES
सामाजिक सन्जालमा दुरुपयोग बढ्यो  : मीन विश्वकर्मा

इटहरी- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पछिल्लो समय सामाजिक सन्जाल प्रयोगमा कांग्रेसले आफैलाई गाली गरिहेको बताएका छन्।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. २ (क)को आयोजनामा राणाकालदेखि गणतन्त्रसम्म विषयक विचार गोष्ठीमा विचार राख्दै विश्वकर्माले अहिलेको समयमा पनि कांग्रेसले गरेका राम्रा कामको प्रचार गर्न नसकेको गुनासो गरे।

मंगलबार १७ औँ गणतन्त्र दिवसको अवसर पारेर कांग्रेस प्रदेशसभा समितिले विचार गोष्ठी, अन्तरक्रियालगायतको कार्यक्रमको आयोजना गरेको कार्यक्रममा
विश्वकर्मा प्रमुख वक्ता थिए। उनले राणाकालदेखिको हालसम्म नेपाली कांग्रेसले गरेका ऐतिहासिक आन्दोलन र कार्यक्रमबारे प्रष्ट्याए।

‘कांग्रेसकै नेतृत्वमा ठूला आन्दोलनहरू भए। कांग्रेसकै कारण आज देशमा लोकतन्त्र स्थापना भयो । तर, आज कांग्रेसले गरेका कामको प्रचार गर्न नसक्दा अरुले नै जस लिइरहेका छन्,’ विश्वकर्माले भने, ‘ठूला–ठूला आन्दोलनमा कांग्रेसले नेतृत्व लिएकै कारण आज जनताले पनि नेतृत्व लिने अवसर पाएका छन् । तर, अझै जनहीतमा काम गर्न जरूरी छ।’

उनले पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग बढिरहेको र मान्छेले आफ्नो विचार राख्दापनि भीडको पछि नै लाग्नुपर्ने अवस्था रहेको बताए ।

उनले भने, ‘हामीले आफ्नो विचार राख्नका निम्ति पनि सोच्नुपर्ने बेला आएको छ । एउटा भीडको जमात एकातिर छ र आफूले फरक विचार राखियो भने चर्को आलोचना हुने र एकले अर्काको विचारको सम्मान गर्न नसक्ने अवस्था बन्दै गएको छ ।’
उनले सामाजिक सञ्जाल प्रयोग गर्ने मामिलामा कांग्रेस आफैँले आफैँलाई विरोध गरिरहेकोसमेत बताए । विश्वकर्माले थपे, ‘हामीले राम्रोलाई राम्रो पनि भन्न सकिरहेका छैनौँ ।’
२००७ सालभन्दा अघिको कांग्रेसमा निस्वार्थ राजनीति भएपनि अहिले भने आफूलाई पार्टीले के दियो रु परिवारलाई के दियो ? भन्ने कुरा उठेर राजनीतिमा स्वार्थ हाबी भएको बताए।

‘विश्वेश्वरप्रसाद कोइरालाले बर्षौँअघिदेखि संघर्ष गर्दा प्रजातन्त्र स्थापना गर्न नसक्दा थप संघर्ष गर्नुभयो । तर, अहिले पार्टीमा लागेको पाँच वर्ष नभइ पार्टीले के दियो रु भन्ने प्रचलन आएको छ । यो त राजनीतिमा स्वार्थ मात्रै भयो ।’ उनले भने ।
कार्यक्रमलाई प्रदेश प्रतिनिधि विकास गिरीले सहजीकरण गरेका थिए ।

उद्घाटन सत्रमा भने आमन्त्रित नेताहले शुभकामना मंतव्य राखेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय राजीव कोइराला, राजीव ढुंगाना, पूर्व राज्यमन्त्री सीताराम मेहता, सुनसरी सभापति केदार भण्डारी, महिला संघकी नेत्री गीता श्रेष्ठ, किसान संघका नेता केशवप्रसाद भट्टराई, महाधिवेशन प्रतिनिधि विकास केसीलगायतले शुभकामना मन्तव्य राखे ।

सभापति सुबेक्छु देवान राईका अनुसार आफूहरूले हरेक समय पृथक कार्यक्रमको आयोजना गरेको बताए । उनले अघिल्लो वर्षदेखि नै रचनात्मक कार्यक्रमको सुरुआत गरेको र आगामी दिनमा पनि कांग्रेसलाई चलायमान बनाउन यस्तै किसिमको कार्यक्रम आयोजना गर्ने जनाए ।

साथै, सोही कार्यक्रमको अवसर पारेर पछिल्लो समय देशमा विद्यमान रहकेो सहकारी समस्या निरूपण र सहकारी पीडितहरूलाई न्याय दिलाउनका लागि सांकेतिक विरोधस्वरूप हस्ताक्षर संकलनसमेत गरिएको सचिव चिन्तामणि सापकोटाले जानकारी दिए ।

प्रकाशित: १६ जेठ २०८१ ७:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast