जल स्रोत तथा सिँचाइतर्फ ३० अर्ब ८१ करोड विनियोजन

हिमाल प्रेस १५ जेठ २०८१ १६:२९ | Tuesday, May 28, 2024
जल स्रोत तथा सिँचाइतर्फ ३० अर्ब ८१ करोड विनियोजन

काठमाडौं– सरकारले कृषि उत्पादन वृद्धि गर्न आगामी वर्ष कुल १५ हजार ५ सय ७१ हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गर्ने घोषणा गरेको छ। मंगलबार संसदमा आर्थिक वर्ष २०८१र०८२ को बजेट पेस गर्दै अर्थमन्त्री पुनले यस्तो घोषणा गरेका हुन्।

उनले जल स्रोत तथा सिँचाइतर्फ ३० अर्ब ८१ करोड विनियोजन गरेको बताए। उनले रानी जमरा सिँचाइ अन्तर्गत प्रथम चरणको १४ हजार ३ सय हेक्टरमा शाखा नहर बनाएर सिँचाइ सुविधा विस्तार गरिने बताए।

उनले यो आयोजनाको लागि २ अर्ब ८७ करोड विनियोजन गरेको उल्लेख गरे। उनले मध्य तराईका पाँच जिल्लामा ५ लाख २२ हजार हेक्टर जमिनमा भरपर्दा सिँचाइ सुविधा पुर्‍याउन सुनकोशी मरिण सिँचाइ आयोजनाको हेडवक्स पावर हाउस निर्माण गर्न ३ अर्ब १२ करोड बजेट विनियोजन गरेको बताए।

प्रकाशित: १५ जेठ २०८१ १६:२९ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast