पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन

हिमाल प्रेस १५ जेठ २०८१ १६:१५
8
SHARES
पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन

काठमाडौं- सरकारले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरेको छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पर्यटन क्षेत्रका लागि ११ अर्ब ९१ करोड रुपैयाँ विनियोजन गरिएको बताएका हुन्।

यसैगरी, अर्थमन्त्री पुनले पर्यटन पूर्वाधार विकासका लागि ५ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरिएको बताए। अर्थमन्त्री पुनले नागरिक उड्डयन पूर्वाधार बनाउन ३ अर्ब ७७ करोड विनियोजन गरिएको बताए।

उनले आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन भित्र्याउने गरी पर्यटन प्रवर्द्धन गरिने बतए।

प्रकाशित: १५ जेठ २०८१ १६:१५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 12 =