काठमाडौँ- सरकारले आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेको छ।
मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ३.९ प्रतिशत हुने अनुमान गरेका हुन्।
अर्थमन्त्री पुनले आगामी वर्षलाई आर्थिक सुधारको वर्ष घोषणा गरिएको बताए। अर्थमन्त्री पुनले शिथिल रहेको मुलुकको अर्थतन्त्र सरकारको प्रयासमा चलायमान हुँदै गएको दाबी गरे।
प्रकाशित: १५ जेठ २०८१ १५:२७ | Tuesday, May 28, 2024
प्रतिक्रिया





