तस्बिर इन्डिया टिभी
आइजोल,मिजोरम (भारत)- लगातार वर्षापछि मिजोरामको राजधानी आइजोलमा ढुंगा खानीमा दुर्घटना हुँदा दश जनाको ज्यान गएको छ।
आइजोलको बाहिरी इलाकामा भारी वर्षाका कारण भएको घटनामा मिजोरामका प्रहरी महानिर्देशक अनिल शुक्लाले सुरुमा सात जनाको मृत्यु भएको पुष्टि गरे पनि रिपोर्टमा मृतकको संख्या बढेर दश पुगेको छ।
प्रहरी कर्मचारीहरू निरन्तर उद्धार कार्यमा संलग्न रहेका छन् भने नदीको जलस्तर बढेकाले नदी किनारकामा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
प्रकाशित: १५ जेठ २०८१ १५:०५ | Tuesday, May 28, 2024
प्रतिक्रिया




