प्रधानमन्त्रीलाई समितिको कार्यादेश बुझाउदै कार्यदलका सदस्यहरू,
काठमाडौं– संसद्को गतिरोध अन्त्य गर्न राजनैतिक सहमति निर्माण र संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ।
मंगलबार सत्ता पक्ष र प्रतिपक्षले सहमति गरेर प्रतिवेदन बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कार्यदल संयोजक तथा कानुनमन्त्री पदम गिरीले प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपूर्ण नेतृत्वका कारण कार्यदलले सही रूपमा काम गर्न सकेको बताएका थिए।
आफ्नो भूमिकालाई कुशलतापूर्वक पूरा गरेकोमा कार्यदल संयोजकसहित सबै सदस्यहरूलाई प्रधानमन्त्रीले धन्यवाद दिएका छन्।
प्रधानमन्त्रीले कार्यदलको सुझावका आधारमा फास्ट ट्रयाकबाट काम अगाडि बढाउने आश्वासन दिएको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले बताए।
प्रकाशित: १५ जेठ २०८१ १४:४७ | Tuesday, May 28, 2024
प्रतिक्रिया





