आजको प्रतिनिधिसभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने

हिमाल प्रेस १५ जेठ २०८१ १३:२२ | Tuesday, May 28, 2024
आजको प्रतिनिधिसभा बैठकपछि कांग्रेसले पत्रकार सम्मेलन गर्ने कांग्रेसका मुख्य सचेतक रमेश लेखक।

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्ने भएको छ। मंगलबार साँझ बस्ने प्रतिनिधिसभा बैठकपछि पत्रकार सम्मेलन गर्न लागिएको प्रमुख सचेतक रमेश लेखकको सचिवालयले जानकारी दिएको छ।

पत्रकार सम्मेलनमार्फत कांग्रेसले संसदीय समिति गठन, सहमतिलगायत विषय जानकारी गराउने बुझिएको छ। साथै कार्यदलको कार्यादेश, कार्यावधि र कार्यपद्धतिको विषय पनि पत्रकार सम्मेलनमा जानकारी गराइनेछ।

मंगलबार नै प्रतिनिधिसभाको बैठकबाट संसदीय समिति छानबिन समिति घोषणा हुँदै छ।

प्रकाशित: १५ जेठ २०८१ १३:२२ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + 18 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast