संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

हिमाल प्रेस १५ जेठ २०८१ १२:१८ | Tuesday, May 28, 2024
संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी

काठमाडौँ- सहकारी ठगी प्रकरणको छानबिनका लागि संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन अहिले बैठक बसिरहेको छ।

मंगलबार सिंहदरबारस्थित कानुन तथा न्याय मन्त्रालयमा बस्ने बैठकले छानबिन समितिमा बस्ने व्यक्तिहरूको नाम, टीओआर लगायत विषय टुंगो लगाउने कानुनमन्त्रीको सचिवालयले जनाएको छ।

टीओआरमा कार्यदलले सहमतिको मस्यौदा तयार गरेपछि शीर्ष नेताहरूलाई बुझाइनेछ। त्यहाँ यसलाई अन्तिम रूप दिइनेछ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कार्यदलसहित शीर्ष नेताहरूको बैठकले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्ने सहमति भएको थियो।

प्रकाशित: १५ जेठ २०८१ १२:१८ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast