
काठमाडौँ- संघीय सदनका संयुक्त बैठक (प्रतिनिधिसभा र राष्ट्रियसभा) दुई घण्टापछि सरेको छ।
बजेट वक्तव्य पेस गर्नका लागि संयुक्त सदनको बैठक मंगलबार दिउँसो १ बजेलाई बोलाइएको थियो।
मन्त्रिपरिषद्को बैठक बसेर बजेट पारित गर्नुपर्ने भएकाले सरकारको अनुरोधमा संयुक्त बैठक दुई घण्टापछि सारिएको संसद् सचिवालयले जानकारी दिएको छ।
बजेट पेस गर्ने संयुक्त सदनको बैठक मंगलबार अपराह्न ३ बजे बस्नेछ। बजेट पारित गर्न मन्त्रिपरिषद्को बैठक भने दिउँसो २ बजे बोलाइएको छ।
प्रकाशित: १५ जेठ २०८१ १२:०४
प्रतिक्रिया