यस्तो देखियो टुँडिखेलमा गणतन्त्र दिवस

हिमाल प्रेस १५ जेठ २०८१ ११:४९ | Tuesday, May 28, 2024
यस्तो देखियो टुँडिखेलमा गणतन्त्र दिवस

काठमाडौँ- सैनिक मन्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी १७ औँ गणतन्त्र दिवस मनाइएको छ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख सहित सरकार विशिष्ट अधिकारीहरू सहभागी भएका छन्।

समारोहमा सुरक्षाकर्मीको कवाज, विभिन्न सांस्कृतिक नृत्य, उपत्यकाका स्थानीय तहको झाकी, सातै प्रदेशको संस्कृति झल्कने सामूहिक नृत्य लगायतका कार्यक्रम प्रस्तुत गरिएको छ। त्यस्तै, सदाझैँ यस वर्ष पनि सेनाको हेलिकोप्टरबाट पुष्प वृष्टि गरिएको छ।

समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टुकडीले मार्च पास र राष्ट्रिय भावका गीतमा संयुक्त ब्यान्ड प्रस्तुत गरेका थिए।

प्रकाशित: १५ जेठ २०८१ ११:४९ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast