बढुवा भएर डीआईजी बनेका चारजनाले लगाए फुली

हिमाल प्रेस १४ जेठ २०८१ १८:१८ | Monday, May 27, 2024
बढुवा भएर डीआईजी बनेका चारजनाले लगाए फुली

काठमाडौँ- प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बढुवा भएका नेपाल प्रहरीका चार प्रहरी नायव महानिरीक्षक (डीआईजी) सहितलाई सोमबार दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

बढुवा हुनेहरूमा कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, मनोजकुमार केसी र राजन अधिकारी रहेका छन्। पोखरेल एसएसपीमा पहिलो नम्बरमा थिए। उनी २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा भर्ना भएका हुन्। उनी आगामी भदौ १५ गते अनिवार्य अवकास हुनेछन्।

बाँकी तीन एसएसपी भने तीन ब्याचलाई टप्दै अगाडि आएका हुन्।
प्रकाशित: १४ जेठ २०८१ १८:१८ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast