महिला शिक्षकको संख्या बढ्याे

हिमाल प्रेस १४ जेठ २०८१ १७:४२ | Monday, May 27, 2024
महिला शिक्षकको संख्या बढ्याे फाइल तस्बिर

काठमाडाैँ-  पछिल्ला वर्षमा महिला शिक्षकको संख्या बढ्दै गएको छ। अर्थ मन्त्रालयले  आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८०/८१  महिला शिक्षकको संख्या बढेकाे उल्लेख छ।

माध्यमिक तहमा भने महिला शिक्षकको अनुपात तुलनात्मक रूपमा न्यून रहको सर्वेक्षणमा उल्लेख छ। आधारभूत तह (कक्षा १-५) मा कुल शिक्षकमध्ये महिला शिक्षकको अनुपात शैक्षिक सत्र २०७९ मा ४७.२ प्रतिशत रहेकोमा शैक्षिक सत्र २०८० मा ५४.१ प्रतिशत पुगेको छ।

माध्यमिक तह (कक्षा ९-१२) मा महिला शिक्षकको अनुपात १९.० प्रतिशत पुगेको पनि सरकारले जनाएकाे छ। त्यसैगरी आधारभूत तहमा कार्यरत महिला शिक्षकको संख्या माध्यमिक तहको तुलनामा उच्च रहेको छ।

शैक्षिक सत्र २०८० मा सबै प्रकारका विद्यालयमा कार्यरत २ लाख ८६ हजार ८८ शिक्षकमध्ये ४२.२ प्रतिशत महिला र ५७.८ प्रतिशत पुरूष रहेका छन्। त्यसैगरी आधारभूत तहमा पुरूष शिक्षक ५१.० प्रतिशत र महिला शिक्षक ४९.० प्रतिशत रहेकोमा माध्यमिक तहमा पुरुष शिक्षक ८२.० प्रतिशत र महिला शिक्षक १८.० प्रतिशत रहेका छन्।

प्रकाशित: १४ जेठ २०८१ १७:४२ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast