२४ घण्टामा सबैभन्दा बढी वर्षा चितवनको माडीमा, २२२.४ मिलिमिटर मापन

हिमाल प्रेस ११ असोज २०८३ ७:१३ | Sunday, September 27, 2026
२४ घण्टामा सबैभन्दा बढी वर्षा चितवनको माडीमा, २२२.४ मिलिमिटर मापन फाइल तस्बिर

काठमाडौँ- पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा चितवनको माडी कल्याणपुर मौसम मापन केन्द्रमा २२२.४ मिलिमिटर मापन भएको छ।

मधेश प्रदेशसहित गण्डकी, लुम्बिनी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा भएको छ। कोशी र कर्णाली प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको मौसमसम्बन्धी विवरणमा उल्लेख छ।

वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।

प्रकाशित: ११ असोज २०८३ ७:१३ | Sunday, September 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast