मेराे सपना नभए पनि देशकाे सपना पूरा भएकाेमा खुसी छु : सन्दीप लामिछाने

हिमाल प्रेस १४ जेठ २०८१ १५:१३ | Monday, May 27, 2024
मेराे सपना नभए पनि देशकाे सपना पूरा भएकाेमा खुसी छु : सन्दीप लामिछाने सन्दीप लामिछाने

काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि देशको सपना पुरा भएको र यसमा आफू खुसी रहेको बताएका हुन्।

उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ।’

लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा समावेश गराउने तयारी गरेको थियो। तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको सपनामा ब्रेक लागेको थियो।  उनको भिसा प्रक्रियाका लागि खेलकुद मन्त्रालयले पनि समन्वय गरेको थियो।

प्रकाशित: १४ जेठ २०८१ १५:१३ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast