दबाबपछि तीन नेतालाई कारबाही गर्ने निर्णयबाट पछि हटे लिङदेन

हिमाल प्रेस १४ जेठ २०८१ १४:०६ | Monday, May 27, 2024
दबाबपछि तीन नेतालाई कारबाही गर्ने निर्णयबाट पछि हटे लिङदेन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन। फाइल तस्बिर।

काठमाडौँ- राप्रपाका तीन युवा नेता कार्यकतालाई कारबाही गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पछि हटेका छन्।

केन्द्रीय कार्य समितिको ९० प्रतिशत सदस्यले निलम्बन फुकुवा गर्न दबाब दिएपछि अध्यक्ष लिङदेन सो निष्कर्षमा पुग्न बाध्य बनेका हुन् ।

पूर्वअध्यक्षहरु पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्तक्षेप गरेर पार्टी अध्यक्षलाई बहुमत केन्द्रीय सदस्यहरुको भावना कदर गर्नुपर्दछ भनेर प्रजातान्त्रिक विधि सम्मान गर्न सुझाएका थिए। नत्र भने अध्यक्ष निलम्बन फुकुवा नगर्ने, बरु भीडन्त गराएर पार्टीमा फुट सिर्जना गर्ने अडानमा थिए ।

अध्यक्ष निकट एक पदाधिकारीले आज बैठकको चौथो दिन ससम्मान प्रेम बलायर, रिद्दीप्रताप राणा र निराजन बम माथिको निलम्बन फुकुवा घोषणा गरिने बताए ।

जेठ ११ बाट काठमाडौंमा सुरु भएको केन्द्रीय कार्य समितिको बैठक तेस्रो दिन समापन गर्ने पूर्वनिर्धारित कार्यक्रम परिवर्तन गरेर लिङदेन आफ्नै ‘अन्यायपूर्ण निर्णय’ सच्याउन बाध्य भएका हुन् । विवाद मिलाउन यस अघि नै कार्य सम्पादनले अध्यक्षलाई पूर्ण अधिकार दिएको थियो ।

‘बैठकको तेस्रो दिन समापन हुनुपर्नेमा, निर्धारित कार्यक्रम स्थगन गरेर साढे एघार बजे नै अध्यक्षले अप्रत्यासित रूपमा बैठक स्थगन घोषणा गर्नुभयो’, एक केन्द्रीय सदस्यले बताए।

केही समय अघि नेता ठाकुरमोहन श्रेष्ठमाथि पार्टी कार्यालयमा कुटपिट भएको थियो । यसपश्चात राप्रपाले बलायर, राणा र बमलाई चार वर्षको लागि निलम्बन गर्दै मुद्दा चलाउने निर्णय गरेको थियो।

 

प्रकाशित: १४ जेठ २०८१ १४:०६ | Monday, May 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast