कति छ आजको डलरको भाउ?

हिमाल प्रेस १४ जेठ २०८१ ६:५६
8
SHARES
कति छ आजको डलरको भाउ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १३३ रुपैयाँ २६ पैसा निर्धारण भएको छ। शनिबार र आइतबार पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा थियो।

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ०४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४५ पैसा थियो।

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८८ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ७४ पैसा र बिक्रीदर ८८ रुपैयाँ १४ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १६ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ११ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ०८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ०३ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ४७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३५३ रुपैयाँ ५१ पैसा थियो।

प्रकाशित: १४ जेठ २०८१ ६:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =