नेपालको घ्यू अब जापान निर्यात

हिमाल प्रेस १३ जेठ २०८१ २०:४६ | Sunday, May 26, 2024
नेपालको घ्यू अब जापान निर्यात

विराटनगर- विराटनगरमा रहेको सूर्योदय मिल्क एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि. ले उत्पादन गरिरहेको घ्यू जापान निर्यात गर्न सुरुवात भएको छ।

कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा इन्डष्ट्रिजले घ्यू जापान निर्यात गर्न सुरु गरेको हो।

उद्योगले जापानको एक निजी कम्पनीसँग एक वर्षमा ५० हजार केजी घ्यू बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको उद्योगका सञ्चालक एवं नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य मनोजकुमार यादबले जानकारी दिए।

सम्झौता पत्र अनुसार उद्योगले पहिलो चरणमा ५० लाख रुपैयाँ ५ हजार केजी परम घ्यू सहित चिउरा, चियारंग, मह जापान पठाउनेछ। उद्योगले घ्यू जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक केजी घ्यूमा १ सय २० रुपैयाँ अनुदान दिने र आगामी दिनमा पनि यस्ता कार्यक्रममा निरन्तरता दिने कुरा मुख्यमन्त्री कार्कीले बताए।

नेपाली बजारमा परम घ्यू प्रति केजी मूल्य १ हजार १ सय रुपैयाँ रहेको छ। विराटनगरका स्थानीय अनुजकुमार यादव, मनोजकुमार यादव, प्रेमकुमार राठी र गुरुप्रसाद अधिकारीले विराटनगर महानगरपालिकाको वडा नं. १४ स्थित जतुवामा ३० करोड रुपैयाँ लगानी गरेर उद्योग सञ्चालनमा ल्याएका थिए। साढे ६ कठ्ठा क्षेत्रफल जग्गामा निर्माण गरिएको उद्योगमा धुलो दुध, दुध र घ्यू गरी ३ बेग्ला बेग्लै प्लान्ट सञ्चालनमा रहेका छन्।

२०७६ सालमा स्थापना भएको उद्योगले ५ वर्षपछि आफ्नै उत्पादन परम घ्यू जापान निर्यात गर्न सफल भएका छन्।

प्रकाशित: १३ जेठ २०८१ २०:४६ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast