सगरमाथा आरोहणमा गएका केन्याका नागरिक मृत फेला, नेपाली गाइड बेपत्ता

हिमाल प्रेस १० जेठ २०८१ १८:०९ | Thursday, May 23, 2024
सगरमाथा आरोहणमा गएका केन्याका नागरिक मृत फेला, नेपाली गाइड बेपत्ता

काठमाडौं- सगरमाथा आरोहणका लागि गएका केन्याका नागरिक मृत अवस्थामा भेटिएका छन्।

पर्यटन विभागका अनुसार बिहीबार तेस्रो शिविरबाट सगरमाथातर्फ लागेका केन्याका नागरिक जोशुआ चेरुइयोट किरुई सगरमाथाको चुचुरो नजिक मृत अवस्थामा भेटिएका हुन्। उनी सँगै गएका नेपाली गाइड डवाङ शेर्पा सम्पर्कविहीन छन्।

उनीहरूले सगरमाथा आरोहण गरे नगरेको यकिन नभएको विभागले जनाएको छ। बिहीबार अपरान्ह २ बजेसम्म सम्पर्कमा नआएपछि चार अनुभवी माउन्टेन गाइडलाई परिचालन गरिएको थियो।

उक्त टोलीले केन्याली नागरिक किरुई मृत फेला पारेको थियो। साथै सम्पर्कमा नरहेका शेर्पाको अहिले पनि खोजी भइरहेको विभागले जनाएको छ।

प्रकाशित: १० जेठ २०८१ १८:०९ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast