गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शनका लागि उपत्यकामा कांग्रेसले खटायो यी १५ नेता

हिमाल प्रेस १० जेठ २०८१ १७:२२ | Thursday, May 23, 2024
गृहमन्त्री लामिछानेविरुद्ध प्रदर्शनका लागि उपत्यकामा कांग्रेसले खटायो यी १५ नेता कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले जेठ १३ गते काठमाडौँ उपत्यकामा हुने प्रदर्शनकाे तयारीका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ। प्रदर्शनका क्रममा उपत्यकाका १५ क्षेत्रमा खटिने नेताहरूलाई कांग्रेसले जिम्मेवारी तोकेको हो।

सहकारी ठगीविरुद्ध भन्दै कांग्रेसले आन्दोलनको घोषणा गरेको छ। खास गरी गृह मन्त्री रवि लामिछानेविरुद्ध कांग्रेस सडकमा आउन लागेको हो। कांग्रेसले लामिछाने सहकारी ठगा भएको भन्दै संसदीय छानबिन समिति बनाएर अनुसन्धान गर्न माग गरिरहेको छ।

जसअनुसार काठमाडौँमा १०, ललितपुरमा ३ र भक्तपुरमा २ जनालाई जिम्मेवारी तोकिएको छ। काठमाडौँमा केन्द्रीय सदस्यहरू अब्दुल सतार, सीता थपलिया, रंगमती शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, उमेशजंग रायमाझी, डा.डिला सङ्ग्रौला र सरिता प्रसाईंलाई खटाइएको छ।

ललितपुरमा पार्टीका सहमहामन्त्री उमाकान्त चौधरी, नेताहरू देवेन्द्रराज कँडेल र अर्जुन जोशीलाई खटाइएको छ। कांग्रेसले भक्तपुरमा इन्द्र बानियाँ र गणेश लामालाई खटाएको छ। बानियाँ बागमती प्रदेश सभापति हुन्।

काठमाडौँ
१) अब्दुल सतार
२) सीता थपलिया , उर्मिला
३) रंगमती शाही
४) कुन्दन काफ्ले
५) नैनसिंह महर
६) गुरु बराल
७) आङ्गेलु शेर्पा
८) उमेशजंग रायमाझी
९) डा डिला संग्रौला
१०) सरिता प्रसाईं

ललितपुर
१) उमाकान्त चौधरी
२) देवेन्द्रराज कँडेल
३) अर्जुन जोशी

भक्तपुर
१) इन्द्र बानियाँ
२) गणेश लामा

प्रकाशित: १० जेठ २०८१ १७:२२ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast