उभौली पर्वले सामाजिक एकता कायम गर्छ : सभामुख

हिमाल प्रेस १० जेठ २०८१ ८:३९ | Thursday, May 23, 2024
उभौली पर्वले सामाजिक एकता कायम गर्छ : सभामुख सभामुख देवराज घिमिरे। फाइल तस्बिर

काठमाडौँ- सभामुख देवराज घिमिरेले उभौली पर्वले विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वाससहित शुभकामना व्यक्त गरेका छन्।

सभामुख घिमिरेले किरात समुदायको पर्व उभौलीको अवसरमा आज जारी गरेका शुभकामना सन्देशमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन्।

‘नेपाल बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक मुलुक हो, विविधताभित्रको एकता नै हामी नेपालीको मौलिक पहिचान हो’, सभामुख घिमिरेले सन्देशमा उल्लेख गर्नुभएको छ। हरेक वर्ष वैशाख पूर्णिमाका दिनदेखि सुरु हुने उँभौली पर्व मानिस, जनावर तथा चराचुरुंगी बेँसीतिरबाट लेकतिर बसाइँ सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली लगाउने खुसियालीमा मनाउने गरिन्छ। यस चाडलाई किरात समुदायले आफ्नो मुख्य चाडका रूपमा मान्दै आएका छन्। उँभौली विभिन्न कार्यक्रमका साथ १५ दिनसम्म मनाउन चलन छ।

प्रकाशित: १० जेठ २०८१ ८:३९ | Thursday, May 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast