सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा

हिमाल प्रेस ९ जेठ २०८१ १७:१९ | Wednesday, May 22, 2024
सन्दीप लामिछानेलाई अमेरिकाले फेरि पनि दिएन भिसा

काठमाडौँ- नेपाली क्रिकेटर सन्दीप लामिछानेको भिसा आवेदन काठमाडौँस्थित अमेरिकी दूतावासले फेरि पनि अस्वीकार गरेको छ। लामिछाने आफैँले सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकाले आफूलाई फेरि पनि भिसा नदिएको जानकारी दिएका हुन्। उनलाई सन् २०१९ पनि अमेरिकाले भिसा दिएको थिएन।

उनी बलात्कार अभियोगमा हालैमात्र उच्च अदालतबाट सफाइ पाएका खेलाडी हुन्। सफाइ पाएसँगै नेपाल क्रिकेट संघले उनको निलम्बन फुकुवा गरेर अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी गराउने निर्णय गरेको थियो। उनको मुद्दा अदालतमा विचारधीन हुँदैमा नेपाली राष्ट्रिय क्रिकेट टिमको १५ सदस्यीय टोली घोषणा हुँदा उनी टिममा परेका थिएनन्।

उनले अमेरिकाले भिसा नदिएपछि आफ्ना शुभचिन्तकहरूसँग माफी मागेका छन्। उनले सफाइ पाए पनि उनको आलोचना भने सामाजिक सञ्जाल तथा विभिन्न प्रदर्शनमार्फत भइरहेको छ।

प्रकाशित: ९ जेठ २०८१ १७:१९ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast