शुक्रबारदेखि कांग्रेसको सडक आन्दोलन, भ्रातृ संस्थाका अध्यक्षलाई सानेपा बोलाइयो

हिमाल प्रेस ९ जेठ २०८१ १६:२१ | Wednesday, May 22, 2024
शुक्रबारदेखि कांग्रेसको सडक आन्दोलन, भ्रातृ संस्थाका अध्यक्षलाई सानेपा बोलाइयो कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर।

काठमाडौँ- सहकारी पीडितका पक्षमा सडक संघर्ष घोषणा गरेको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भ्रातृ संगठनहरूको बैठक पनि बोलाएको छ। कांग्रेसले नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघका अध्यक्षहरूलाई सानेपा बोलाएको हो।

सडक संघर्षलाई प्रभावकारी बनाउन भ्रातृ संगठन परिचालन गर्ने कांग्रेसको योजना छ। पार्टी मुख्यालय, सानेपामा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी ठगीका दोषीलाई कारबाहीका लागि दबाब दिन र पीडितलाई न्याय दिलाउन सडक संघर्षमा जाने निर्णय गरेको थियो।

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीका अनुसार कांग्रेसले शुक्रबार काठमाडौँ केन्द्रित आन्दलन गर्दैछ। सडक संघर्षको सुरूवात शुक्रबार भृकुटीमण्डपबाट गर्ने कांग्रेसले जनाएको छ। शुक्रबारको प्रदर्शन  काठमाडौँ केन्द्रित हुने र यसका लागि काठमाडौँ उत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय पनि आजको केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले गरेको छ।

प्रकाशित: ९ जेठ २०८१ १६:२१ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast