रिट दायर भएको ११ वर्षपछि पूर्वमन्त्री जोशीको मुद्दा किनारा लाग्दै

हिमाल प्रेस ९ जेठ २०८१ ८:२२ | Wednesday, May 22, 2024
रिट दायर भएको ११ वर्षपछि पूर्वमन्त्री जोशीको मुद्दा किनारा लाग्दै गोविन्दराज जोशी

काठमाडौँ-  पूर्वमन्त्री गोविन्दराज जोशीको भ्रष्टाचार मुद्दामा आजलाई पेसी तोकिएको छ।

मंगलबार ‘हेर्दा हेर्दै’मा परेको मुद्दामा आजलाई पेसी तोकिएको हो।

यही जेठ १ गतेदेखि नै सर्वोच्च अदालतका न्यायाधीशद्वयस् विनोद शर्मा र बालकृष्ण ढकालको इजलासमा ‘हेर्दा हेर्दै’मा राखिएको उक्त मुद्दामा आज पेसी तोकिएको हो।

२०५९ सालमा अनुसन्धान थालेकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० पुस १८ गते जोशीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनीमाथि तीन करोड ९३ लाख ६२ हजार ५७६ रुपैयाँको विगो कायम गरी मुद्दा दायर भएको थियो।

जोशीसँगै गैरकानुनी सम्पत्ति लुकाएको आरोप उनकी पत्नी सविता पन्त, जेठीसासू चोलाकुमारी पन्त, सासू नीरकुमारी, साला बासुदेव पन्त, अनि बासुदेवका कान्छा ससुरा ताराराज पाण्डेलाई समेत मुद्दा चलाएको थियो। तर, २०६३ कात्तिक ३० मा विशेष अदालतले अनुसन्धानको हदम्यादका आधारमा जोशीलाई सफाइ दिएको थियो।

त्यसविरुद्ध अख्तियार र जोशी दुवैले ०६९ सालमा सर्वोच्चमा रिट दायर गरेकोमा सर्वोच्चले ०७० भदौ १२ मा विपक्षी झिकाउने आदेश गरेका थियो। त्यसपछि ब्युँतिएको जोशीको मुद्दामा झन्डै ११ वर्षपछि नियमित सुनुवाइ अघि बढेको हो।

जोशीविरुद्धको भ्रष्टाचार मुद्दाको फैसला अब न्यायाधीशद्वय शर्मा र ढकालको इजलासले नै गर्नेछ।

प्रकाशित: ९ जेठ २०८१ ८:२२ | Wednesday, May 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast