श्रममन्त्री अर्यालको १२ ठाउँमा जग्गा र १५० तोला सुन

हिमाल प्रेस ८ जेठ २०८१ १७:४५ | Tuesday, May 21, 2024
श्रममन्त्री अर्यालको १२ ठाउँमा जग्गा र १५० तोला सुन डीपी अर्याल।

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालको सम्पत्ति सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सार्वजनिक सम्पत्ति विवरणमा अर्यालकी श्रीमती अम्बिका केसीको नाममा काठमाडौँमा करिब ३ करोड मूल्य बराबरको घर, सहकारीमा साढे २ करोडभन्दा बढी लगानी र ट्राभलमा समेत लगानी गरेको उल्लेख छ।

अर्यालसँग १५० तोला सुन, १०० तोला चाँदी र हीरा १० तोला रहेको समेत विवरणमा भनिएको छ। उनले यो सबै सुनचाँदी र हिरा व्यापारबाट कमाएको समेत बताइएको छ।

अर्यालको काठमाडौँको नागार्जुन, धादिङको गजुरी र लमजुङको राइनासमा जग्गा भएको समेत विवरणमा छ। जग्गा व्यापार र निजी कमाइबाट आर्जन गरिएको सम्पत्ति विवरणमा छ। उनको र अम्बिका केसीको नाममा १२ ठाउँमा जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख छ। अर्यालको विभिन्न बैंकमा नगद मौज्दात, सेयर र गाडी पनि रहेको छ।

प्रकाशित: ८ जेठ २०८१ १७:४५ | Tuesday, May 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast