प्रिमियर लिग : सिटी च्याम्पियनबन्दा अन्य टिमको अवस्था कस्तो रह्यो?

हिमाल प्रेस ७ जेठ २०८१ ७:२८ | Monday, May 20, 2024
प्रिमियर लिग : सिटी च्याम्पियनबन्दा अन्य टिमको अवस्था कस्तो रह्यो?

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले उपाधि चुम्यो। उनले ९१ अंकका साथ उपाधि जित्यो।

अन्तिम दिनसम्म चुनौती कायम राखेको आर्सनल भने ८९ अंकमै रोकियो। उसले एभरटनलाई २-१ ले पराजित गरेको हो।

आर्सनल उपविजेतामै सीमित

सिटी पराजित भएको भए आर्सनलले उपाधि आफ्नो बनाउने सम्भावना थियो । तर भाग्य फेरि एकपल्ट उसको पक्षमा रहेन।

सुरुवाती खेलहरूमा आर्सनल सिटीभन्दा अगाडि थियो। तर खेलको लय बिग्रिदा अंक तालिकामा पछि पर्‍यो। गत सिजनमा समेत आर्सनल उपविजेतामै सीमित बनेको थियो।

तेस्रो स्थानमा रहेको लिभरपुलले दस खेलाडीमा सीमित उल्भ्सलाई २-० ले हरायो र ८२ अंकसँगै लिगमा पूर्णविराम लगायो।

भिल्ला च्याम्पियन्स लिगमा

अर्को सिजनको युरोपेली च्याम्पियन्स लिगमा छनोट भइसकेको एस्टन भिल्ला भने क्रिस्टल प्यालेसको हातबाट अविश्वसनीय रूपमा ५-० ले पराजित रह्यो । तर यो नतिजाले भिल्लाको चौथो स्थानलाई धक्का पुगेन ।

भिल्ला ६८ अंकमा रह्यो। टोटनहमले भने सेफिल्ड युनाइटेडलाई ३-० ले हराएर पाँचौं स्थान निश्चित गर्‍यो।

टोटनहम युरोपामा 

टोटनहम अर्को सिजनको युरोपा लिगका लागि छनोट भयो । टोटनहमको ६६ अंक भएको छ । उसको पछाडि चेल्सी ६३ अंकमा रह्यो । चेल्सीले भने बर्नमाउथमाथि २-१ को जित रच्यो ।

यस्तै न्युकासल युनाइटेड सातौं र म्यानचेस्टर युनाइटेड आठौं स्थानमा रहे । दुवै टिमको समान ६० अंक रह्यो । न्युकासल गोल अन्तरमा अगाडि रह्यो । न्युकासलले ब्रेन्टफोर्डलाई ४-२ ले पराजित गर्‍यो भने युनाइटेडले ब्राइटनलाई २-० ले पन्छायो ।

रेलिगेसनमा लुटन, बर्नली र सेफिल्ड

पुछारका तीन स्थानमा रहेर लुटन टाउनसँगै बर्नली र सेफिल्ड रेलिगेसनमा परे। यससँगै पछिल्लो सिजन बढुवा पाएका तीनै टिम यसपल्ट रेलिगेसनमा परेका छन्।

लुटन रेलिगेसनमा पर्ने औपचारिकता फुलहमसँग ४-२ को हारसँगै पूरा भएको हो। बर्नली भने नटिङघम फरेस्टसँग २-१ ले पराजित रह्यो । भाग्यमानी फरेस्ट ३२ अंकमा पुछारबाट चौथो स्थानमा रह्यो र प्रिमियर लिगमा आफ्नो अस्तित्व बनाउन सफल रह्यो।

प्रकाशित: ७ जेठ २०८१ ७:२८ | Monday, May 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast