थिएटरमा दुई नाटक, हलमा ‘बोक्सीको घर’ र ‘मनसरा’ को वर्चस्व

हिमाल प्रेस ५ जेठ २०८१ ६:४०
128
SHARES
थिएटरमा दुई नाटक, हलमा ‘बोक्सीको घर’ र ‘मनसरा’ को वर्चस्व

काठमाडौँ- सधैँको साताझैँ शनिबार (आज) उपत्यकाका हलमा चैत र वैशाखमा प्रदर्शन भएका तीन नेपाली फिल्मबीच प्रतिस्पर्धा चलिरहेको छ।
प्रदर्शन जारी रहेका फिल्म हुन् ‘मनसरा’, ‘बोक्सीको घर’ र ‘महाजात्रा’। थिएटरमा भने जेठ लागेपछि दोष या निर्दोष (गिल्टी अर नट गिल्टी) नाटक मञ्चन भइरहेको छ। त्यस्तै ‘बाखम्मा: मुन्दुममा मान्छे’ मञ्चनरत छ।

हेरौं कहाँ केके हुँदैछ?

जापान फाउन्डेसन यात्रा प्रदर्शनी ‘याकिसिमे : अर्थ मेटामोर्फोसिस’

पानीपोखरीस्थित जापानी दूतावासको हलमा वैशाख २९ देखि ‘याकिसिमे : अर्थ मेटामोर्फाेसिस’ नामक चित्रकला प्रदर्शनी चलिरहेको छ।

जापानी दूतावास र जापान फाउन्डेसनले आयोजना गरेको प्रदर्शनीमा जापानको परम्परागत संस्कृति, सेरामिकहरु, माटोको भाँडा, चियाको भाँडाका साथै याकिसिमेको इतिहास, उत्पत्तिदेखि वर्तमानसम्मका कला राखिनेछन्।

प्रदर्शनी जेठ १७ सम्म चल्नेछ। प्रत्येक दिन बिहान साढे ९ बजेदेखि दिउँसो साढे ४ बजेसम्म खुल्ला रहने प्रदर्शनीमा प्रवेश नि: शुल्क छ।

कौसी थिएटरमा दोष या निर्दोष (गिल्टी अर नट गिल्टी)

टेकुस्थित कौसी थिएटरमा जेठ ३ देखि नाटक ‘दोष या निर्दोष’ (गिल्टी अर नट गिल्टी) मञ्चन भइरहेको छ। नाटक रसियन–अमेरिकन लेखक अयन र्यान्डको नाटक ‘अन द नाइट अफ जनवरी सिक्सटिन्थ’मा आधारित छ। नाटकको डिजाइन तथा निर्देशन तथा रंगकर्मी राजकमल फकिरले गरेका छन्।

रहस्य र थ्रीलर जनरामा बनेको नाटकमा विजय ताम्राकार, समापिका गौतम, रुपेश लामा, जेम्स ढकाल, अशोक गौतम, विजया पौडेल, आभास अधिकारी, नवीन चन्द्र अर्याल, अरुण पौडेल, सुष्मा निरौला, सदिन लुइँटेल, लगायत कलाकारको अभिनय छ।

२६ गतेसम्म मञ्चन हुने नाटक मंगलबार बाहेक साताको प्रत्येक दिन बेलुका ५:३० बजे मञ्चन भइरहेको छ। शनिबार (आज) दिउँसो १ बजेको अतिरिक्त सो हुँदैछ।

मण्डलामा ‘बाखम्मा : मुन्दुममा मान्छे’

थापागाउँस्थित मण्डला थिएटरमा वैशाख १४ देखि नाटक ‘बाखम्मा: मुन्दुममा मान्छे’ मञ्चन भइरहेको छ। किरण चाम्लिङ राईको निर्देशनमा बनेको नाटकमा किरात राईको सभ्यता, संस्कृति र इतिहासलाई प्रस्तुत गरिएको छ।

नाटक राजन मुकारुङले लेखेका हुन्। केन्द्र मोसन्सको प्रस्तुति रहको नाटकमा एलिशा राई, अनिल सुब्बा, बेदना राई, विष्णु मोक्तान, मानहाङ लावती, प्रतिना राई, शायोक मुकारुङ, पुनम लक्ष्मी मगर, ज्वाला राई, रमिला मोक्तान, याङ्साङ मुकारुङ, रमिता राई, सचिन रत्न, साङ्मी सुनुवार, प्रशंसा गुरुङ, शिसम बान्तावा, शुभम चाम्लिङ, रविन दोङ, रोशन लोहोरुङ राई, सबनम राई, सुजना राई, प्रशान्त वाइबा र मानबहादुर राइको अभिनय छ।

सोमबारबाहेक साताको प्रत्येक दिन बेलुका साढे पाँच बजे मञ्चन भइरहेको नाटक शुक्रबार, शनिबार र आइतबार राति साढे सात बजेको अतिरिक्त सो पनि हुनेछ।

मनसरा

फिल्म ‘मनसरा’ वैशाख २१ देखि प्रदर्शन भइरहेको छ। उपेन्द्र सुब्बा निर्देशित फिल्मले नि:सन्तान दम्पतीको व्यथा, समयक्रममा हराएका पात्रको पुनर्मिलनको कथा प्रस्तुत गरेको छ।

निर्देशक उपेन्द्र सुब्बाकै लेखन रहेको फिल्ममा प्रवीण खतिवडा, मिरुना मगर, मेनुका प्रधान, नेनहान राई, दयाहाङ राई, हेमन्त बुढाथोकी, शान्ति गिरी, विप्लव प्रतीकलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत सिभिल मल, लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर र राइजिङ मलमा फिल्मको १५ सो छ।
आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिके सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, सिटी सिनेमाज, कीर्तिपुर सिनेमाज फिल्म ‘मनसरा’ चलिरहेको छ।

बोक्सीको घर

वैशाख १४ देखि हलमा फिल्म ‘बोक्सीको घर’ प्रदर्शन भइरहेको छ। समाजका अबला नारीमाथि बोक्सीका नाममा गरिने सामाजिक अन्यायको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ। फिल्मको मुख्य भूमिकामा केकी अधिकारी छन्।

केकीले नै निर्माण गरेको फिल्म सुरक्षण भारतीले निर्देशन गरेका छन्। हरर मिस्ट्री जनरामा बनेको फिल्ममा केकी र निर्देशक भारतीसहित स्वेच्छा राउत, शुपला सापकोटा र रमा थपलिया, सुस्मा निरौला, जीवन बराल, सविन बास्तोलालगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, राइजिङ मल, भाटभटेनी भक्तपुर, सिभिल मल, दरबारसिनेम्याक्स र लबिम मलमा फिल्मको २५ सो छ।

वान सिनेमाजअन्तर्गत आइप्लेक्स मल र कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल र एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, सिके सिनेमाज, बिएसआर मुभिज, बिग मुभिज, सिटी सिनेमाज, विश्वज्योति सिनेप्लेक्स, कीर्तिपुर सिनेप्लेक्समा फिल्म ‘बोक्सीको घर’ चलिरहेको छ।

महाजात्रा

गत चैत ९ गतेदेखि फिल्म ‘महाजात्रा’ आठौं सातामा प्रदर्शन भइरहेको छ। निर्माण टिमले शनिबार (आज) फिल्म प्रदर्शनको ५१ दिन मनाउँदैछ।
यो सन् २०१६ मा प्रदर्शन भएको फिल्म ‘जात्रा’ को तेस्रो शृंखला हो। अघिल्ला शृंखलाजस्तै यसमा अकस्मात् आइलागेको धनलाई लुकाउन तीन पात्रले गर्ने संघर्षको कथामा प्रस्तुत गरिएको छ।

साथै हाँसो र संवेदना मिश्रित गरिएको फिल्मले राजनीति र भ्रष्टाचारविरुद्ध कटाक्ष पनि गरेको छ। फिल्ममा विपिन कार्की, रविन्द्र झा र रविन्द्रसिंह बानियाँ, हरिवंश आचार्य, वर्षा राउतलगायत कलाकारको अभिनय छ। फिल्म प्रदीप भट्टराईको लेखन र निर्देशनमा बनेको छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत छाया सेन्टर, सिभिल मल र भाटभटेनी भक्तपुरमा फिल्मको ३ सो छ।

त्यस्तै, वान सिनेमाजअन्तर्गत कालीमाटी ट्रेड सेन्टर, आईएनआई सिनेमाअन्तर्गत लोत्से मल, एफक्यूब सिनेमाज, रञ्जना सिनेप्लेक्स, बिग मुभिजमा फिल्म ‘महाजात्रा’ चलिरहेको छ।

श्रीकान्त

बलिउड फिल्म ‘श्रीकान्त’ वैशाख २८ गतेदेखि नेपाली हलहरुमा प्रदर्शन भइरहेको छ। बायोग्राफी र ड्रामा जनरामा बनेको फिल्मका निर्देशक तुसार हिरानन्दनी हुन्।
फिल्ममा राजकुमार रोव, ज्योतिका, अलाया एफ, शरद केलकारलगायत कलाकारको अभिनय छ।

शनिबार उपत्यकाको क्यूएफएक्स सिनेमाअन्तर्गत लबिम मल, दरबार सिनेम्याक्स, छाया सेन्टर, भाटभटेनी भक्तपुर, राइजिङ नेपाल र सिभिल मलमाफिल्मको सो छ।
आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, आईएनआई सिनेमाअन्तर्गत एनबी सेन्टर, रञ्जना सिनेप्लेक्स, सिडिसी सिनेमाज, एफक्यूब सिनेमाज, बिग मुभिज, सिटी सिनेमाजमा बलिउड फिल्म ‘श्रीकान्त’ चलिरहेको छ।

प्रकाशित: ५ जेठ २०८१ ६:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast