
काठमाडौँ- राष्ट्रिय गौरवको काठमाडौँ-तराई-मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत लेनडाँडा सुरुङ मार्गको ब्रेक थ्रु भएको छ।
प्याकेज नम्बर २ मा रहेको मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडाको जोडी सुरुङमध्ये १ हजार ६३३ मिटर लम्बाई रहेको सुरुङ मार्ग शुक्रबार छिचोलिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
काठमाडौँ-तराई-मधेस द्रुतमार्ग नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको छ।
द्रुतमार्गको निर्माणाधीन सुरुङ मार्गहरुमध्ये निकट भविष्यमा दुवैतर्फको सुरुङ मार्गको एक विशेष कार्यक्रमसहित ब्रेक थ्रु गर्ने सेनाको भनाइ छ।
प्रकाशित: ४ जेठ २०८१ १९:०५
प्रतिक्रिया