काठमाडौँ- सरकारले राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ता लिन पत्र पठाएको छ। राजनीतिक दलसम्बन्धी संशोधन विधेयक फिर्ताको पत्र आएको प्रतिनिधि सभा विधेयक शाखाका प्रमुख नारायण ढकालले जानकारी दिए।
राजनीतिक दल विभाजन गर्दा केन्द्रीय समितिमा ४० र संसदीय दलमा ४० प्रतिशत आवश्यक पर्ने पहिलेकै व्यवस्था लागू गर्ने गरी सरकारले विधेयक संशोधन लगेको थियो। कांग्रेसको अवरोधका कारण गृहमन्त्री रवि लामिछानेले यो संशोधन विधेयक प्रस्तुत गर्न पाएका थिएनन्।
शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दलको केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत मात्रै भए पुग्ने गरी अध्यादेश ल्याएको थियो। नेकपा (एमाले) बाट विभाजन भई नेकपा (एकीकृत समाजवादी) लगायत दल बनेपछि सरकारले त्यो अध्यादेश खारेज गरेको थियो।
प्रकाशित: ४ जेठ २०८१ १४:०१ | Friday, May 17, 2024
प्रतिक्रिया




