कांग्रेस संसदीय दल र कार्यसमिति बैठक बस्दै

हिमाल प्रेस ४ जेठ २०८१ ७:३७ | Friday, May 17, 2024
कांग्रेस संसदीय दल र कार्यसमिति बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले संसदीय दल र कार्यसमिति बैठक बोलाएको छ। कांग्रेसले आज बिहान साढे ८ बजे संसद् भवन परिसरमा बस्ने गरी कार्यसमिति र आजै ९ बजे दलकाे बैठक बोलाएको हो।

हिजाे संसद् बैठक कांग्रेसले अवराेध गरेकाे थियाे। अवरोधका बीच सभामुख देवराज घिमिरेले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बोल्न दिएपछि बैठकमा धकेलाधकेलसमेत भएको थियो।

स‌ंसद् बैठक आज पनि बाेलाइएकाे छ। उक्त बैठकअघि कांग्रेसकाे बैठक बस्न लागेको हाे। कांग्रेसले गृहमन्त्री लामिछानेमाथि सहकारीकाे बचत रकम हिनामिना छानबिनको लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।

प्रकाशित: ४ जेठ २०८१ ७:३७ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast