सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहाेर उठायो

हिमाल प्रेस ४ जेठ २०८१ ६:२६ | Friday, May 17, 2024
सफा हिमाल अभियान : सेनाले दुई शव र आठ हजार किलो फोहाेर उठायो

काठमाडौँ- गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से हिमालको शिखर नजिकबाट एक जनाको शव निकालेको छ।

सो क्षेत्रको लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जर संकलन गरी आज हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।

निर्देशनालयले सोही अभियानका दौरान हालसम्म आठ हजार ६२० किलो फाेहाेर संकलन गरी त्यसमध्ये दुई सय ५० किलो कुहिने फाेहाेर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको जानकारी गराएको छ।

यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहाेर तथा पाँच वटा मानव शव संकलन तथा व्यवस्थापन गर्ने योजना रहेको सेनाले जनाएको छ।

सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ४ जेठ २०८१ ६:२६ | Friday, May 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast